कीर्तिपुर नपाले कुकुरका लागि १५ लाख बजेट छुट्यायो

भक्तपुर न्यूज

९ साउन २०७४ ९:४३

कीर्तिपुर नपाले  कुकुरका लागि १५ लाख बजेट छुट्यायो

कीर्तिपुर ९ असार । कीर्तिपुर नगरपालिकाले भुस्याहा कुकुर ब्यवस्थापन गर्न चालु आर्थिक वर्षको बजेटमा १५ लाख रुपैया बजेट बिनियोजन गरेको छ । व्यवस्थित र सुरक्षित शहर बनाउनका लागि भुस्याहा कुकुर व्यवस्थापन आवश्यक रहेको भन्र्दै उक्त बजेट बिनियोजन गरिएको नगर प्रमुख रमेश महर्जनले जानकारी दिए । भुस्याहा कुकुरका दापथ बजेट बिनियोजन गरियता पनि नगरपालिकाले प्रष्ट नपारेको उनले बताए

यस्तै कीर्तिपुरलाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्न नगरपालिकाले नेपाल टेलिकम लगायत सेवा प्रदायकहरुसँग छलफल थालेको छ । फ्री वाइफाई जोन विकासका लागि यस आर्थिक वर्षमा २ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।नगरपालिकाभित्रका विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि सघाउने, जेष्ठ नागरिकहरुलाई घरघरमै भत्ता दिन शुरु गर्न बजेट छुट्याइएको छ ।

मेयर महर्जनले यसै वर्षबाट कीर्तिपुर नगरपालिकालाई खाल्डाखुल्डीमुक्त नगर बनाउने घोषणा समेत गरेका छन् । नगरपालिकाभित्र युवाहरुलाई रोजगारी सिर्जना गर्न र स्वरोजगार बनाउन एक करोड बजेट बिनियोजन गरिएको उनले बताए । नगरसभाले उपमेयर सरस्वती खड्काको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ । त्यस्तै कीर्तिपुरको समग्र विकासको खाका तय गर्न पूर्वमेयर हिराकाजी महर्जनको संयोजकत्वमा परामर्श समिति गठन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *