लार्चा पुल बारे संसदमा कुरो उठयो तत्काल बेलिब्रिज निर्माण गर
काठमाडौं ९ साउन । सिन्धुपाल्चोकको भोटेकोशी नदीको लार्चा पुल भत्किएपछि स्थानीय नाकाबन्दीमा परेको भन्दै तुरुन्तै बेलिब्रिज निर्माण गर्न जिल्लाका सांसदहरुले माग गरेका छन् ।
गएराति झरेको ठूलो पहिरोले पुल भत्काएपछि बाह्रबिसे, तातोपानी लगायत क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । सोमबारको संसद बैठकमा एमाले सांसद अमृत कुमार बोहोरा लगायतले पुल भत्किएपछि खाद्यान्न, औषधि लगायत अत्यावश्यक सामग्री ढुवानीमा समस्या परेकाले तुरुन्त बेलिब्रिज निर्माण गर्न माग गरे । बोहोराले सो क्षेत्रमा आवागमनको वैकल्पिक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।
उनले भूकम्पपछि बन्द भएको कोदारी राजमार्ग खुलाउन पनि माग गरे । बोहोराले भने, ‘कोदारी राजमार्ग खोल्ने कुरालाई राजनीतिक मनोरन्जन नबनाइकन नाका अविलम्ब खलाउने तर्फ सरोकारवालाहरु लाग्नु पर्नेमा जोड दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५