पहिरोले सडक अबरूद्द, पुल समेत भासियो
। कुमार प्याकुरेल ।
दैलेख ९ असार । लगातार बर्षाका कारण दैलेख र कालिकोटको सिमानाको दहि खोलाको पुल क्षती हुनुका साथै सडक समेत अवरुद्ध बनेको छ । भारि बर्षाका कारण पन्ध्र बीस मिटर सडक भासिनुका साथै पुलमा समेत क्षती भएपछि आवगमनमा अवरोध पुगेको हो । दैलेख हुँदै कर्णाली राजमार्गमा यसरी सडक भासिँदा र पुल समेत क्षती भएपछि सवारी आवागमन हुन सकेको छैन भने बैकल्पिक बाटोको ब्यवस्था नहुँदा यात्रु र सावारी साधान अलपत्र परेको यात्रु बिकास बिसि बताउँछन् ।
उनले भने आवगमनमा बाधा पुगेपछि यो क्षेत्रमा अहिले सवारी साधनको लामको चाप बढ्ने क्रम जारी छ भने बाटो कहिले खुल्ने हो यसको समेत जानकारी नहुँदा सबैमा अन्यौलता छाएको छ । वर्षासँगै कर्णाली राजमार्ग र दैलेख जिल्लाका सडकमा आउने पहिरो सबैका लागि टाउको दुखाईको बिषय बनेको छ । यसरी उक्त अवरोध सडक खण्डमा तत्कालै केही गर्न नसक्ने अवस्था देखिएको बैकल्पीक बाटोका ब्यवस्थापनका लागि डोजर सञ्चालनको पक्रिया अगाडी बढाउने तयारी भइरहेता पनि कहिल्य सम्म अलपत्रमा पर्ने हुन् यात्रुहरु यसको कुनै जानकारी नभएको उनले बताए ।
भासिएको सडक आसपासबाट बैकल्पिक सडक खोल्न डोजर लागि परेको छ, कति बेला सम्म सकिने हो अनि कहिले आफु दैलेख पुग्ने उनी बताउँछन् ।