दोलखामा भुकम्पको परकम्प
काठमाडौं, ९ असार । दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । सोमबार बिहान १० बजेर २९ मिनेट जाँदा ४ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलो धक्का महसुस भएको जनाइएको छ ।
२०७२ वैशाख १२ को गोरखा भूकम्पपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका ४ सय ८४ परकम्प गएको विभागका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५