नेपालले मलेसियालाई ५ विकेटले हरायो

भक्तपुर न्यूज

९ साउन २०७४ ८:१८

नेपालले मलेसियालाई ५ विकेटले हरायो

काठमाडौं, ९ साउन । आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको छ ।
मलेसियाले प्रस्तुत गरेको ९० रनको लक्ष्य नेपालले मात्रै २२ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि रोहित कुमार पौडेलले नटआउट ३४ तथा दिपेन्द्र सिंह ऐरीले नटआउट १९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । नेपालका सन्दिप लामिछानेले सात विकेट लिए । यस्तै साहब आलमले दुई विकेट लिएका छन् ।
पाँच खेलमा चार खेल जितेको नेपालको ८ अंक भएको छ । नेपालले यसअघि भएको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले भोलि आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ ।
यसअघि भएको अफगानिस्तानसँगको खेलमा भने नेपाल पराजित भएको थियो । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनौट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *