सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, ८ साउन । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ५४ हजार रुपैयाँ रहेको सुन आज ४ सय रुपैयाँले बढेर ५४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा १० रुपैयाँले बढेको छ । शुक्रबार ७ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ७ सय ४० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
