मोनाकोका डिफेन्डर मेन्डी म्यानचेस्टर सिटी जाँदै
एजेन्सी, ८ साउन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब मोनाकोका डिफेन्डर बेन्जामिन मेन्डीलाई भित्र्याउने भएको छ । २३ वर्षका फ्रान्सेली लेफ्ट ब्याक मेन्डीलाई सिटीले पाँच करोड २० लाख पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्ने सहमति गरेको हो ।
मेन्डी गएको सिजन मार्सेइलीबाट मोनाका आएका थिए । उनले मोनाकोलाई १७ वर्षपछि लिग वानको उपाधि दिलाउने क्रममा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले गएको सिजन मोनाकोबाट ३४ खेल खेलेका थिए । अनुबन्धको औपचारिक घोषणा भने हुन बाँकी छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००