रोड्रीग्वेजको १० नम्बरको जर्सी मोड्रिचलाई
एजेन्सी, ८ साउन । रियल म्याड्रिडले बायर्नमा २ वर्षे लोनमा पठाएको कोलम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजको १० नम्बरको जर्सी अर्का मिडफिल्डर लुका मोड्रिचलाई दिएको छ । रोड्रीग्वेजको जर्मन क्लब बायर्न म्युनिखसँग दुई वर्षे लोन सम्झौतापछि रियलमा उनको जर्सी मोड्रिचले लगाउने भएका हुन् ।
राष्ट्रिय टोलीमा क्रोसियासँग १० अंकित जर्सी लगाउने मोड्रिच यसअघि रियलमा १९ नम्बरको जर्सी लगाउथे । आर्सनल जानु अघि मेसुट ओजिलले लगाउने नम्बर २०१४ मा रोड्रीग्वेजले पाएका थिए । रियल बेटिसबाट म्याड्रिड आएका २० वर्षिय मिडफिल्डर ड्यानियल सेबालोसलाई क्लबले २४ अंकित जर्सी दिएको छ । यसैगरी पेपेले लगाउँदै आएको ३ नम्बर जर्सी डिफेन्डर भालेहोले पाएका छन् ।
रियल म्याड्रिडमा पर्याप्त खेल समय नपाएपछि रोड्रीग्वेज उनको पुर्व प्रशिक्षक कार्लो एन्सेलोटीले सम्हालेको बायर्न पुगेका हुन् । उनलाई २०१४ मा एन्सेलोटीले मोनाकोबाट रियलमा ल्याएका थिए ।