टोटेनहमले पिएसजीलाई हरायो

भक्तपुर न्यूज

८ साउन २०७४ ४:५३

टोटेनहमले पिएसजीलाई हरायो

एजेन्सी, ८ साउन । इङ्गलिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परले प्रि सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ४–२ ले पराजित गरेको छ ।
खेलमा पिएसजीले एडिन्सन कभानीको छैटौं मिनेटको गोलसँगै सुरुवाती अग्रता लिएको थियो । तर क्रिस्टियन एरिक्सनले ११ औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । १८औं मिनेटमा एरिक डायरले दबाब दिन खोज्दा पिएसजीका गोलरक्षक केभिन ट्रयापले प्रहार गरेको बल डायरलाई लगेर गोल भएको थियो । हभिएर पास्तोरेले ३६औं मिनेटमा गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याएका थिए ।
दोश्रो हाफको सुरुवातमै गोलरक्षक ट्रयाप रातो कार्ड खाँदै मैदान छाडेपछि पिएसजी संकटमा पारेको थियो । ट्रयापले बक्सबाहिर निस्केर गोलतर्फ गइरहेको बललाई हातले बचाएका थिए । खेलको ८२औं मिनेटमा टोबी आल्डरवेरल्डले उत्कृष्ट गोल गर्दै टोटेनहमलाई पुन अग्रता दिलाए । उनले २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक एरेओलाले ठम्याउन सकेनन् । ८८औं मिनेटमा ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै जित पक्का गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *