मैत्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई हरायो
एजेन्सी, ८ साउन । प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २–१लो पराजित गरेको छ । अमेरिकामा खेलिएको खेलमा बार्सिलोनाका नेयमारले २ गोल र युभेन्टसका लागि जिओर्जियो किएलिनिले एक गोल गरेका थिए ।
खेलको १५ औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए । उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन–टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडिबाट गोल गरेका थिए । २६ औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै नेयमारले टोलीलाई २–०को अग्रता दिलाए । लियोनेल मेस्सीको पास पाएपछि नेयमारले बक्स भित्र रहेका ४ जना डिफेन्डरलाई छक्याउँदै दर्शनीय गोल गरेका थिए ।
युभेन्टसले खेलको ६६औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । युभेन्टसका लागि किएलिनीले कर्नरमा हेडरमार्फत गोल गरेका थिए । तर, थप गोल हुन नसकेपछि खेलमा बार्सिलोना विजयी रह्यो ।