यति एयरलाइन्सले ल्यायो ७२ सिटे नयाँ विमान

भक्तपुर न्यूज

७ साउन २०७४ १३:३०

यति एयरलाइन्सले ल्यायो ७२ सिटे नयाँ विमान

काठमाडौं, ७ साउन । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स एटीआर विमान शनिबार मध्यान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । उक्त विमान फ्रान्सेली कम्पनी एटीआरको हो । एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ्नो बजारलाई तल झन नदिने रणनीतिका साथ एटीआर विमानहरु ल्याउने अनुमति पाएको थियो ।

यतिले एटीआर ७२,५०० सिरिजको विमान ल्याएको कम्पनीका म्यानेजर भीमराज राईले बताए । यसले ९ एनएएमएन कल साइन पाएको छ । ७२ सिट क्षमताको यो विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भइसकेको छ । अबको एक महिनापछि कम्पनीको अर्को एटीआर पनि काठमाडौं आइपुग्ने राईले बताए ।

सिंगापुरको एजेन्टमार्फत करिब एक अर्ब लगानी गरेर यतिले एटीआर ७२(५०० ल्याएको जनाएको छ । यो विमानमार्फत भैरहवा, नेपालगञ्ज विराटनगर, भद्रपुर लगायतका प्रमुख गन्तब्यहरुमा उडान गर्ने योजना कम्पनीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *