सिंगापुरमाथि नेपालको दोस्रो जित

भक्तपुर न्यूज

६ साउन २०७४ ९:००

सिंगापुरमाथि नेपालको दोस्रो जित

एजेन्सी, ६ साउन । आइसिसी एसिया युथ–१९ विश्व कप छनौटमा नेपाल सिंगापुरसँगको दोस्रो खेलमा पनि विजयी भएको छ । सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगितामा जित हात पारको हो ।
सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर सिंगापुर सामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए । सिंगापुरका बिक्रमवीर विश्वरायले तीन तथा सुनिल आर्यमन र आहन गोपिनाथले दुई दुई विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४६ दशमलव ५ ओभरमा अल आउट भयो । सिंगापुरका लागि रोहन रांगार्जनले २३, सिन अग्रवालले २१, सिद्धान्तले २५, युवराज सिंहले १९, हान्सुल दिपले ३२ रन बनाउनु बाहेक अरुले दोहोरो अंक बनाउन सकेनन् । नेपालका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट, किशोर महतले २ विकेट, दिपेन्द्रसिंह ऐरी २ विकेट र पवन सर्राफले २ विकेट लिए ।
डबल राउन रोबिन लिगमा भएको प्रतियोगितामा नेपालले यसअघि सिंगापुरलाई ४ विकेटले हराएको थियो । अर्को खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपाल हिजो भएको खेलमा भने अफगानिस्तानसँग एक सय ४१ रनले पराजित भयो ।
डवल राउन्ड रोविनका आधारमा भैरहेको खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ बर्ष मुनिको विश्वकप खेल्न पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *