प्राथमिक उपचार मोवाइल एप्प सार्वजनिक

भक्तपुर न्यूज

६ साउन २०७४ ३:४६

प्राथमिक उपचार मोवाइल एप्प सार्वजनिक

काठमाडौँ, साउन ६ गते ।नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशनको बरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले सार्वजनिक गरेका छन् ।
“घर–घरमा प्राथमिक उपचारक” भन्ने महाअभियानलाई साकार पार्न तथा प्राथमिक उपचारको ज्ञान सीपलाई विश्वभर रहेका नेपाली भाषीहरूको घर–घरमा पुर्याउने उद्देश्यले अमेरिकन रेडक्रसको सहकार्यमा नेपाली भाषामा एप्लिकेशन तयार गरिएको हो ।
अहिले प्राथमिक उपचार जस्तो विषयलाई मोबाइलमार्फत् सबैको साथमा पुर्याउनाले विपद्मा परेका मानिसले धेरै छटपटाउनु नपर्ने भएको छ । रेडक्रस अभियानको अर्काे महत्वपूर्ण कार्य प्राथमिक उपचार मोबाइल एप्लिकेशन भएको छ ।
यो एप्लिकेशनलाई पाँच क्षेत्रमा विभाजन गरिएको छ ।
पहिलो क्षेत्र सिक्नुहोसः एलर्जी÷एनाफिलाक्सिस् सक्,दमको असर, रक्तस्राव, हाँड भाँचिएको, पोलाइ, मधुमेहको समस्या, अड्कनु, डिस्टे«स÷तनाव, हृदघात, गर्मीको थकान, टाउकाको चोट, कठयाङ्गग्रिनु/हाइपोथर्मिया, विषतथाहानिकारक पर्दाथ, कम्पन/छारेरोग, क्षोभ, मेनिन्जाइटिस, मनावैज्ञानिक प्राथमिक उपचार, डसेको टोकेको घाउ, मर्कनु/खुस्कनु, मस्तिष्सघात/स्ट्रोक बेहोस तथा सास फेरिरहेको र बहोस तर सास नफेरिरहेको २२ वटा विषयहरू रहेको छ ।
दोस्रो क्षेत्रः तयारी गर्ने विपद्को बेला आकस्मिक तयारी अन्त्तर्गत रासायनिक संकट, सुख्खापन, भूकम्प, आपतकालिनबाकस, दैनिक संकट, आगलागि, बाढी, फलु माहामारी, खाध्य सुरक्षा, तातो हावा, सामुन्द्रिक आँधी/तुफान, पहिरो, विधुतीय अबरोध, घरपालुवा तयारी, आँधी, सुनामी, ज्वालामुखी, जल सुरक्षा, डढेलो, जाडो मौसम (गम्भीर) गरी २० वटा विषयहरू रहेको छ ।
तेस्रो क्षेत्र तत्काल आपत्तकालिन प्राथमिक उपचारः एलर्जी एनाफिलाक्सिस् सक्, दमको असर, रक्तस्राव जस्ता २२ वटाहरू रहेको छ ।
चौथो क्षेत्रमा परिक्षाहरूः जसमा रक्तस्राव, हृदयघात, पोलाइ, अड्कनु, बेहोस तर सास फेरिरहेको, विपद्को तयारी गर्ने सम्बन्धी विषयमा स्वयम मूल्याङ्कन गरिने विषयहरू रहेको छ ।
पाँचौ अधिकः क्षेत्र रहेको छ जसमा विदेशमा भएको बेला आकस्मिक अवस्था पस्यो भने के गर्ने, नेपाल रेडक्रस बारेमा, नेपाल रेडक्रसलाई डानेसन तथा चन्दा दिन, प्राथमिक उपचार प्रशिक्षणबारे, रक्तदान बारे, सफलता तथा अनुभवहरूको कथा सुनाउने, स्वयम सेवा बारेमा, एप्लिकेशनलाई आदानप्रदान गर्ने र नेपाल रेडक्रसको वेभ साइडमा सम्पर्क गर्ने विषयहरु समाबेश गरिएको छ ।
यो एप्लिकेशन डाउनलोड् गर्न तपाईसँग एन्ड्रोइड मोवाइल वा डिभाइस छ भने Play Store र आइ.ओ.एस मोवाइलवा डिभाईस छ भने Apple Store गई prathamikupacharnepal red cross टाईप गरी खोज्नुहोस् र यो आइकोनमाक्लिक गरी डाउनलोड्गर्नुहोस । एकपटक डाउनलोड्गरेपछि विना इन्टरनेट पढ्न, भिडियोहरू हेर्ने र सुन्न सकिने छ । प्रत्येक विषयहरू अध्ययन गरेर, भिडियो किल्पहरू हेरेर, प्राथमिक उपचारका ज्ञान, सीपहरू लिन तथा तत्काल प्राथमिक उपचार सेवा प्रदान गर्न सक्नुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *