पहिरोमा पुरिएर बालिकाको मृत्यु

भक्तपुर न्यूज

६ साउन २०७४ ३:१८

पहिरोमा पुरिएर बालिकाको मृत्यु

डोटी, ६ साउन । अबिरल वर्षाका कारण पहिरोले घर भत्काउँदा डोटी सायल गाउँपालिका(१ का एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त घटनामा साबिकको छपाली गाबिस बिनेबडाका हरिमल भुलको घर भत्किँदा उनका चार वर्षीया छोरी मनिसा भुलको घटनास्थलमै मृत्यु भएको हो । घटनामा हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम्भीर घाइते भएका स्थानीयबासीले बताएका छन् ।

घरमा सबै सुतिरहेका बेला मध्यरातमा घरमाथिबाट पहिरो आउँदा घर भत्किएपछि उक्त घटना भएको हो । घर भत्कँदा घरपालुवा पशु चौपाया सबै च्यापिएर मरेको स्थानीय प्रेमबहादुर नेपालीले जानकारी दिएका छन् ।

सिकिस्त घाइते हरिमल भुल र उनकी श्रीमति जमुनालाई स्थानीयबासीहरुको सहयोगमा उचारका लागि कैलालीको धनगढी लगिएको नेपालीले बताए । भुलका एक छोरा र एक छोरी भने सकुशल छन् । घटनाको अध्ययनका लागि प्रहरी चौकी डौडबाट प्रहरीको टोली गएको छ । दुर्गम क्षेत्र र यातायातको सुबिधा नभएका कारण प्रहरी पुग्न अझै केही समय लाग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *