खानेपानी आयोजना शिलन्यासपछि गाउँले हर्षित

भक्तपुर न्यूज

६ साउन २०७४ ३:०७

खानेपानी आयोजना शिलन्यासपछि गाउँले हर्षित

भक्तपुर । बर्षेनी खानेपानीको समस्या भेल्दै आएका चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका गाउँलेहरु स्थानीय खोलामै आयोजना निर्माण गर्ने भनेपछि हर्षित भएका छन् । स्थानीय स्विटी खोलामा बृहत खानेपानी आयोजनाको शिलन्यास गरिएपछि स्थानीयमा खुशीयाली छाएको हो ।

विन्दवासिनी बृहत लिफ्ट खानेपानी जल उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको १५ करोड ५० लाख रुपैयाको लागतमा निर्माण गर्न लागेको यो आयोजनाको भिक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले शिलन्यास गरेका छन् ।

चाँगुनारायण नगरपालिकाको वडा नं. ४ देखि ९ सम्मका बासिन्दालाई विहान बेलुका खानेपानी वितरण गर्ने गरि लक्ष्य अनुसार आयोजना निर्माणको थालनी गरिएको आयोजना मुल समितिले जनाएको छ ।

खानेपानी आयोजना अन्तर्गत १० लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिने उक्त आयोजनाका अध्यक्ष नकुल राउतले जानकारी दिए । निर्माणको जिम्मेवारी लिएको कम्पनीले सम्झौता अनुसार काम गरेको अबस्थामा आगामी २ बर्षभित्र उक्त आयोजना पुरा हुनेछ । तर आयोजना शिलन्याससँगै निर्माण ढिलाई हुने शंका उत्पन्न भैसकेको छ । पहिलो चरणमा एक हजार २ सय घरधुरीलाई पानी वितरण गर्ने र बस्ति बढेसंगै दोश्रो चरणमा थप ३०० घरधुरी गरि एक हजार ५०० घरधुरीलाई पानी वितरण गरिने योजना रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *