आजदेखि एसियन जुनियर भारत्तोलन
काठमाडौं, ६ साउन । नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा एसियन युथ तथा जुनियर भारत्तोलन प्रतियोगिता आज शुक्रबारदेखि नेपालमा सुरु हुने भएको छ। काठमाडौंको लगनखेलस्थित नेपाल आर्मीको कभर्ड हलमा सुरु हुने यो प्रतियोगितामा दक्षिण एसिया, पूर्वी एसिया, मध्य पूर्वी एसिया र मध्य एसिया गरि ३३ राष्ट्रका ५ सय महिला तथा पुरुष खेलाडी, प्राविधिक, अफिसियल, व्यवस्थापक र प्रशिक्षकहरुले भाग लिँदैछन्।
१९ औं युवा एसियन, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष प्रतियोगिता १४ गतेसम्म चल्ने छ। दुई वर्षअघि एसियन जुनियर भारत्तोलन प्रतियोगिता नेपालमा हुने लगभग पक्का भइसकेको थियो। तर, महाभूकम्पका कारण प्रतियोगितालाई बीचैमा स्थगित गर्नु परेको थियो। प्रतियोगितामा जुनियर, युथ पुरुष र युथ महिलातर्फ २४–२४ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
५ वैशाख २०८२ १४:१०
आज शुक्रबार सुन प्रति तोला आठसय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर
३ वैशाख २०८२ ९:३३
गोली प्रहार घटनामा संलग्न तीन जना नियन्त्रणमा
३ वैशाख २०८२ ९:२९
संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस
५ वैशाख २०८२ १४:१८