सेती नदीमा बेपत्ता तीन जनामध्ये एक महिलाको शव फेला
पोखरा, ५ साउन । साउन २ गते सोमबार दिउँसो पोखरास्थित सेती नदीले बगाएर बेपत्ता बनाएका तीन जना मध्ये एक जना मृत भेटिएकी छन्।
पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपति घाटबाट बेपत्ता भएकी दाङ जिल्लाको बणगलाचुली गाउँपालिका–३ पाखापानी बस्ने १८ वर्षीया संगीता नेपालीको शव तनहुँ जिल्लाको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनीसँगै बेपत्ता भएका दाङ जिल्ला ताफेका १९ वर्षीय धोनी नेपाली र १७ वर्षीय सुनिल परियार अझै बेपत्ता छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
