१ सयले घट्यो सुनको मूल्य, चाँदी स्थिर
काठमाडौं, ५ साउन । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५३ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो ७ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय २५ मा नै कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
