‘शताब्दी पदक’ नलिने पूर्व प्रधानमन्त्री दाहालको घोषणा

भक्तपुर न्यूज

५ साउन २०७४ ६:३८

‘शताब्दी पदक’ नलिने पूर्व प्रधानमन्त्री दाहालको घोषणा

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शताब्दी पदक नलिने घोषणा गरेका छन् । त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष दाहाललाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’बाट सम्मानित गर्ने निर्णय गरेको थियो ।
दाहाललाई सो पदक र सम्मान प्रदान गर्न लागिएको विषयको सामाजिक सञ्जाल र पार्टीभित्रै पनि आलोचना भएपछि पार्टीनिकट बुद्धिजीवी तथा लेखक/साहित्यकारहरुले पदक ग्रहण गर्ने/नगर्ने विषयमा सोच्न सुझाव दिएपछि दाहालले सो निर्णय लिएका हुन् ।
दाहालको निजी सचिवालयले आज प्रेस नोट जारी गर्दै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय लिएको जानकारी दिएको छ । साथै सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *