अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको लक्ष्य दियो

भक्तपुर न्यूज

५ साउन २०७४ ५:१८

अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको लक्ष्य दियो

एजेन्सी, ५ साउन । सिंगापुरमा भइरहेको आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रको खेल अन्तर्गत नेपालले अफगानिस्तानसँग १९१ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा अलआउट हुँदै १९० रन बनाएको हो ।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले ४३ रन, नविद ओबेदले ३३ रन, तारिक स्तानिकजाइले २७ रन, इमरान मोहमदीले १८ रन, नविद उल हकले २० रन र दार्विस रसुलीले १४ रन जोडे।
नेपालका लागि साहिब आलमले ३, पवन सरार्फले र सन्दिप लामिछानेले २/२ तथा, किशोर महतो र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *