स्पेन र इंग्ल्याण्डले विजयी सुरुवात
एजेन्सी, ५ साउन । महिला युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगितामा स्पेन र इंग्ल्याण्डले विजयी सुरुवात गरेका छन् । नेदरल्याण्डसमा भइरहेको खेलमा स्पेनले पोर्चुगललाई २–० र इंग्ल्याण्डले स्कटल्याण्डलाई ६–० ले हराएर विजयी सुरुवात गरेका हुन् ।
स्पेनको जितमा लोसाडा गोमेज र साम्पेड्रो बुस्टोसले गोल गरिन् । दुवै गोल पहिलो हाफमा भएको हो । समूह ‘डी’ मा रहेको स्पेनले जितसँगै तीन अंक जोडेको छ ।
समूह ‘डी’ अन्तर्गत नै भएको अर्को खेलमा इंग्ल्याण्डको जितमा जोडी टेलरले ह्याट्रिक गरिन् । उनले १०, २६ र ५३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यस्तै इंग्ल्याण्डका लागि एलन ह्वाइट, जोर्डन नोब्बस र टोगी डग्गनले एक एक गोल गरिन् । जितसँगै इंग्ल्याण्डले तीन अंक जोडेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००