कमलविनायकको एक फर्निचर उद्योगमा आगलागी, १६ लाख क्षति
भक्तपुर, ५ साउन । कमलविनायक भत्केको पाटीमा रहेको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । राति पौने १२ बजे लागेको आगोले उद्योगमा रहेका फर्निचर एवं मेशिन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा चरण खायमलीको फर्निचर उद्योगमा भएको आगलागीबाट करीव १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वारुण यन्त्र भक्तपुर र ललितपुरका दमकलल तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै २ बजे आगो नियन्त्रणमा आएको हो ।
कारखानामा राती कोही पनि नबस्ने भएकाले आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
