प्रसाद खाँदा ५० जना बिरामी
नुवाकोट, ५ साउन । श्राद्धको प्रसाद खाँदा नुवाकोटको दुईपिपलमा ५० जना बिरामी परेका छन् । बिरीमध्ये १० को अवस्था गम्भीर छ । गम्भीर बिरामीलाई उपचारको लागि राजधानी ल्याइएको छ । स्थानीयले मंगलबार भोजबहादुर आलेमगरको घरमा श्राद्धको प्रसाद खाएका थिए ।
विषाक्त खानाको कारण नै बिरामी भउको डाक्टर किसान नेपालीले बताए । श्राद्धमा बनाइएको अचार र रोटी स्थानीय रोपाइँमा समेत लगेर वितरण गरिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
