फिलिपिन्सका राष्ट्रपतिमाथि आक्रमण, चार अङ्गरक्षक घाइते
एजेन्सी, ४ साउन । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेमाथि आज हमला भएको छ । राष्ट्रपति डुटेर्तेको सवारीमाथि सशस्त्र हमला भएको हो । सो हमलामा परी उनका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् ।
उनलाई नै लक्ष्यगरी सो हमला भएको हो । तर सो सवारीमा सुरक्षाको लावालस्करको निकै पछि उनी रहेकाले ठूलो दुर्घटना टरेको समाचारमा जनाइएको छ । राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहेको अनुमान गरी गोली चलाइएको थियो ।
गोली लागेर उनको सवारीका लागि खटेका सुरक्षाकर्मी घाइते भएका बताइएको छ । फिलिपिन्सका संदिग्ध कम्युनिष्ट विद्रोहीले सो हमला गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५