राप्रपा बैठकमा राणा अनुपस्थित
काठमाडौं ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैडकमा राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणा अनुपस्थित भएका छन् । राप्रपाको बैठक बुधबार सुरु भएको छ । बैठकमा कार्यसम्पादन समितिको बैठकमा नगएका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द भने उपस्थित भएका छन् । तर, राणा अहिलेसम्म नआएको एक केन्द्रीय सदस्यले बताए ।
मंगलबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा राणासँगै चन्दसहितका नेताहरु अनुपस्थित भएका थिए । पार्टी अध्यक्ष कमल थापाले एकलौटी रुपमा केन्द्रीय सदस्य मनोनित गरेको भन्दै राणा समूह असन्तुष्ट बनेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५