राजपाको माग तीन दिनमै पुरा हुने

भक्तपुर न्यूज

४ साउन २०७४ ७:०९

राजपाको माग तीन दिनमै पुरा हुने

काठमाडौं ४ साउन । सरकारले मुद्दा फिर्ता लगायतका राजपाका माग ३ दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धताका साथै संविधान संशोधन विधेयक अघि बढाइने नेताहरुले बताएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेतासँग बुधबार भएको छलफलमा राजपाका शीर्ष नेताहरुले मन्त्रिपरिषदले गर्ने निर्णय समेत नभएको गुनासो गरेका छन् ।

जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुद्दा फिर्ता, घाइतेको उपचार खर्च र शहीद घोषणा लगायतका विषय ३ दिनभित्र गर्ने बचन दिएका छन् । संविधान संशोधन प्रक्रिया पनि अघि बढाइने सत्तारुढ दलका नेताहरुले बताएका छन् । पास गराउन सरकारले इमान्दारिकतापूर्वक प्रयास गर्ने हो,काँग्रेसका एक बरिष्ठ नेताले भने । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *