अमेरिकाले लगायो इरानमाथि नाकाबन्दी
एजेन्सी, ४ साउन । आतंकवादी संगठनलाई सहयोग पुर्याएको भन्दै अमेरिकाले इरानमाथि नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकाले व्यालेष्टिक मिसाइल परिक्षण र आतंकवादी संगठनलाई सहयोग पुर्याएको आरोप लगाउँदै इरानमाथि नाकाबन्दीको घोषणा गरेको हो । नाकाबन्दीको प्रभाव इरानका १८ कम्पनी र विभिन्न व्यक्तिमाथि पर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै सिरिया, हिज्बुल्लाह, हमासलगायतका विभिन्न मुलुकका आतंकवादी संगठनलाई सहयोग गरेको आरोप लगाएको छ । अमेरिकाले आफ्नो देशमाथि लगाएको नाकाबन्दीपछि इरान पनि कडा रुपमा प्रस्तुत भएको छ । इरानले आफ्ना देशमा क्रियाशिल अमेरिकी कम्पनी र व्यक्तिमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६