१ वर्षमा ५० हजार विद्यार्थी बिदेशतिर
काठमाडौं, ४ साउन । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन् ।
अध्ययनका लागि भिषा आवेदन गर्दा आर्थिक वर्ष २०७३/७४ मा मात्र डेढ अर्ब रुपैयाँ बिदेशिएको छ । गत वर्ष ३२ हजार ४८९ नेपाली बिद्यार्थीले बैदेशिक अध्ययनका लागि आवेदन दिएकोमा यस वर्ष त्यस भन्दा १८ हजार १७० बढी बिद्यार्थीले आवेदन दिएका छन् ।
शिक्षा मन्त्रालयबाट नो अब्जेसन लेटर लिने ५० हजार ६ सय ५९ बिद्यार्थीमध्ये २४ हजार २ सय ३३ बिद्यार्थीले अष्ट्रेलियाका लागि आवेदन दिएका छन् । अष्ट्रेलियाको भिषा आवेदनका लागि करिव ४५ हजार नेपाली रुपैयाँ पर्छ ।
नेपाली बिद्यार्थीको बिदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । यसबारे अनौपचारिक बिश्लेषणमात्र हुने गरेको छ । नयाँ पत्रिका दैनिकमा खवर छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१ वैशाख २०८२ ८:५६
मेसीले चार मौका गुमाउँदा गोलरहित बराबरी
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
१ वैशाख २०८२ ८:४९
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
३० चैत २०८१ २०:४२
कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्ने प्रचण्डको संकेत
१ वैशाख २०८२ ८:५५