ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता
एजेन्सी, ४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गोप्य भेटवार्ता भएको खुलेको छ । जुलाइको सुरुमा जर्मनीमा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
दुई नेताबिच औपचारिक भेटवार्ता भएको केही घण्टापछि नै फेरि भेटवार्ता भएको र त्यो गोप्य रहेको थियो । पछिल्लो भेटवार्तामा रुसी अनुवादक र दुई नेताको मात्रै उपस्थिति रहेको थियो । गोप्य भेटवार्तामा दुई नेताबिच के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।
तर दुई घण्टा लामो औपचारिक भेटवार्तामा भने अमेरिकी राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपको आरोप, आपसी सम्बन्धसहितका अरु विभिन्न विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
३ वैशाख २०८२ ९:३३
गोली प्रहार घटनामा संलग्न तीन जना नियन्त्रणमा
५ वैशाख २०८२ १४:१०
आज शुक्रबार सुन प्रति तोला आठसय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर
३ वैशाख २०८२ ९:२९
संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस
५ वैशाख २०८२ १४:१८