नेइमारद्वारा पिएसजीको प्रस्ताव स्वीकार

भक्तपुर न्यूज

४ साउन २०७४ ४:५६

नेइमारद्वारा पिएसजीको प्रस्ताव स्वीकार

एजेन्सी, ४ साउन । ब्राजिलियन स्टार तथा बार्सिलोनाका स्टार खेलाडी नेइमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को प्रस्ताव स्वीकार गरेको खबर सार्वजनिक भएको छ । बार्जिलका विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका डेली मेलले २५ वर्षका नेइमारले पिएसजीको प्रस्ताव स्वीकार गरेको उल्लेख गरेको हो ।

पिएसजीले नेइमार अनुबन्धका लागि बार्सिलोनालाई एक सय ९५ मिलियन पाउण्ड तिर्न तयार भएको खबरमा उल्लेख छ । तर बार्सिलोनााक उपाध्यक्ष जोडी मेस्ट्रेले भने नेइमारले क्लब नछोड्ने बताएका छन् ।
बिबिसीसँग दक्षिण अमेरिकी फुटबलका विशेषज्ञ टिम विकेरयीले लियोनल मेस्सीको छायाबाट बाहिर आउन नेइमारले बार्सिलोना छोड्न सक्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *