युएईले लेबनानलाई हरायो
एजेन्सी, ३ साउन । एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत युएईले लेबनानलाई पराजित गरेको छ । नेपाल रहेको समूह ‘डी’ को खेलमा घरेलु टोली युएईले लेबनानलाई १–० ले पराजित गरेको हो ।
युएईका अल हास्मीले ८५ औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक रहेको थियो ।
यस जितसँगै युएई अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। २ खेलमा जित हात पारेपनि उज्वेकिस्तान गोल अन्तरका आधारमा दोश्रो स्थानमा छ । भोलि यी दुइ टोली एकआपसमा भिड्नेछन् । त्यस्तै दुवै खेल हरेर प्रतियोगिताबाट बहिरि सकेका नेपाल र लेबनानको खेल पनि भोलि नै हुनेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३