नेपालको दोस्रो जित, मलेसियालाई ५ विकेटले हरायो
काठमाडौं, ३ साउन । यू १९ विश्वकप छनोट क्रिकेटमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ । ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा ५ विकेट जाँदा पूरा गरेको गरेको हो ।
पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ ओभर ५ बलमा ५८ रन बनाएको थियो । ८ बलमा ६ रन बनाउँदा सन्दिप सुनार र ६ बलमा ५ रन बनाउँदा आदिल खान आउट भएका छन् । २० बलमा २३ रन बनाउँदा आसिफ शेख आउट भए । उनले ५ चौका हाने । दिपेन्द्र सिंह ऐरी ५ बलमा ४ रन बनाउँदा आउट भए । अनिल शाह शून्यमै आउट भए । प्रनित थापा मगरले १२ बलमा १८ रन साथै रोहित कुमार पौडेलले ५ बलमा ४ रन बनाए । २ सय ४१ बल बाँकी छँदै नेपालले लक्ष्य पूरा गरेको हो ।
नेपालका सन्दिप लामिछानेले ५, पवन सर्राफले ३, किशोर महतो र सन्दिप सुनारले एक एक विकेट लिए । सन्दिप लामिछानेले पहिलो खेलमा सिंगापुरको ५ विकेट लिएका थिए ।
मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका किशोर महतोले पहिलो ओभरमा विकेट लिएका हुन् । उनले मोहम्मद आमिरलाई शून्यमै आउट गरे । दोस्रो विकेट सन्दीप लामिछानेले लिए । उनले सैफुल्लाह मल्लिकलाई ३० बलमा ८ रन बनाउँदा आउट गरे । पवन सर्राफले २ बलमा १ रन बनाएका सायद अजिज र नइम नाज्लेलाई शून्यमा आउट गरे । सन्दीप लामिछानेले ४२ बलमा ९ रन बनाएका विरनदीप सिंहलाई आउट गरे । ६ बलमा ७ रन बनाएका अमार हजलानलाई पवन सर्राफले आउट गरे । सन्दीप लामिछानेले ४ बलमा २ रन बनाएका मोहम्मद अफिजलाई र ऐनुल हाक्किमलाई १६ बलमा ५ रन बनाउँदा आउट गरे । सोलिहिन रुसिललाई सन्दिप सुनारले शून्यमै आउट गरे । सन्दिप लामिछानेले २७ बलमा ९ रन बनाएका हैकल खैरलाई आउट गरे र आफ्नो पाँचौ विकेट लिए ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको थियो ।