यू २३ च्याम्पियनसिप छनौटमा नेपालको दोस्रो हार
काठमाडौं, ३ साउन । युएईमा जारी यू(२३ च्याम्पियनसिप फुटबलको छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो पराजय ब्यहोरेको छ । छनौट चरणको समूह डी मा रहेको नेपालले दोस्रो खेलमा सोमबार राति उज्वेकिस्तानसँग दुई शून्य गोलले पराजित भएको हो । पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ५, ० ले निराश भएको थियो । लगातार दोस्रो पराजयसँगै नेपाल यू(२३ च्याम्पियनसिपमा छनौट हुने सम्भावना सकिएको छ ।
अबुधाबी स्थित ताहनुन बिन मोहम्मद स्टेडियममा भएको खेलको २१ औं मिनेटमा नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै उज्वकिस्तानले अग्रता बनायो । उज्वेकिस्तानका तुर्सुनोभले हेड मार्फत गोल गर्न सफल भए । पहिलो हाफमा एक शून्यले पछि परेको नेपालले खेल सकिन दश मिनेट बाँकी हुँदा दोस्रो गोल खायो । उज्वेकिस्तानका लागि गानिएभ अजिजोनले गोल गरेका थिए । समूहको तेस्रो खेल नेपालले अब बुधबार लेवलानसँग खेल्नेछ ।