शर्मा विरुद्धको मुद्दामा आज सुनुवाइ

भक्तपुर न्यूज

३ साउन २०७४ २:४७

शर्मा विरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौँ, ३ साउन । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि हिजो सोमबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाई आज मंगलबारका लागि तोकेको छ ।

न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको भए पनि नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सुनुवाइका लागि आज तय गरेको अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत मंगलबार गैरकानुनी रूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थियो ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको छ । शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य सचिवसमेत रहेका शर्मामाथि २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *