नेपाल र उज्वेकिस्तान आज भिड्दै

भक्तपुर न्यूज

२ साउन २०७४ ५:१७

नेपाल र उज्वेकिस्तान आज भिड्दै

काठमाडौं २ साउन । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स युएईसँग कमजोर खेल प्रदर्शन गरेको नेपाल दोस्रो खेलका लागि आज उज्वेकिस्तानसगँ भिड्दै छ।

युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः१० मिनेटमा शुरु हुने खेलमा नेपालले विजय लक्ष्यका साथ उज्वेकिस्तानको भिड्दै छ । नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब छ । तर शनिबार भएको पहिल्लो खेलमा युएईसँगको ५–० गोलको फराकिलो अन्तरको हारले छनोट हुने सम्भावना न्यून बनेको छ । नेपालले आफ्नो छनोटको सम्भावना कायम राख्न उज्वेकिस्तानसँगै बुधबार हुने लेबनानसँगको खेलमा ठूलो अन्तरको जित हासिल गर्न आवश्यक छ ।

जारी प्रतियोगितामा एक खेल खेलेको नेपाल अङ्कविहीन छ भने समान खेल खेलेको उज्वेकिस्तानले जित हासिल गर्दै तीन अङ्क जोडेको छ । शनिबार नै भएको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । अङ्क तालिकामा नेपाल गोल अन्तरका आधारमा अन्तिम स्थानमा छ भने उज्वेकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी, नेपाललाई पराजित गरेका युएई तीन अङ्कका साथ शीर्षस्थानमा छ भने लेबनान तेस्रो स्थानमा छ । अर्को वर्ष चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटबल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूह चरणका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेता टोली फाइनलका लागि छनोट हुने प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *