राणाकालीन दरबारप्रति बेवास्ता

भक्तपुर न्यूज

२ साउन २०७४ २:३७

राणाकालीन दरबारप्रति बेवास्ता

काठमाडौं, २ साउन । राणाकालिन दरबार भत्काएर नयाँ भवन बनाउन आजकल एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई वर्षातबाट जोगाउन बल्ल प्लास्टिकले छोपेर जोगाएको छ। तर अन्य दरबारको विषयमा कुनै चासो देखाएको छैन। पुरातात्विक महत्वका झन्डै तीन दर्जन दरबार जोगाउने विषयमा सरकार उदासिन देखिएको छ ।

‘भूकम्पले ध्वस्त भएका राणाकालिन दरबारहरू वर्तातमा जोगाउने होइन भत्काउने नियतले अघि काम भइरहेको छ,’ पुरातत्वविद् भीम नेपालले भने,‘सरकार दरबारहरू जोगाउन होइन बिगार्न सक्रिय देखिएको छ। हामीले पटक पटक भन्यौ नेपालका सानका रूपमा रहेका यस्ता दरबारहरू बिगार्नु हुँदैन नाउनुपर्छ भनेर तर सरकारको एउटा गिरोह राणाकालिन दरबार भत्काएर नयाँ संरचना बनाउन खोजिरहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *