भक्तपुर मिनिबसको नयाँ सेवा शुरु
भक्तपुर, १ साउन । भक्तपुर मिनिबस सेवा समितिले आजबाट काठमाण्डौ उपत्यकाको नयाँ रुटमा ४० सीटका २० वटा ठूला गाडी सञ्चालनमा ल्याएको छ । आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सो बस सेवाको उद्घाटन गरि गाडी सञ्चालनमा ल्याएको हो ।
गाडीको पहिलो रुट दुधपाटी, कमलबिनायक, जगाती, सूर्यबिनायक, कोटेश्वर,चाबहिल, नयाँ बसपार्क, बालाजु, स्वंयम्भु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क, माइतीघर हुँदै भक्तपुर सल्लाघारीबाट दुधपाटीबाट कमलबिनायक पुग्नेछ ।
यस्तै दोस्रो रुटअन्तर्गत कमलबिनायकबाट शुरु भई दुधपाटी, सल्लाघारी, कौशलटार, बानेश्वर, शहिदगेट, टेकु, कालीमाटी, कलंकी, स्वंयम्भु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, सल्लाघारी, च्याम्हासिंहबाट कमलबिनायक पुग्नेछ ।
मिनिबस सेवा समितिले भक्तपुर नगरका जुनसुकै स्थानबाट सल्लाघारीसम्म जाने सबै यात्रुलाई भाडा दर रु.१० तथा अन्यत्र जान भने समितिको भाडादर साझा यातायात सरह रहेको मिनिबस सेवा समितिका अध्यक्ष ज्ञानु महर्जनले बताए । रहेको बताइएको छ ।
साझाले काठमाण्डौका विभिन्न रुट हुँदै भक्तपुरमा पनि सेवा विस्तार गरे पछि विगतमा दुई यातायात समितिबीच द्वन्द्व भएको थियो ।