ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौं, १ साउन । ज्येष्ठ नागरिक कोषले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । कोषले तारकेश्वर नगरपालिका वडा नं. १ का स्थानीय २०० जना ज्येष्ठ नागरिकको आज स्वास्थ्य परीक्षण गराएको हो । स्वास्थ्य परीक्षणबाट दम, खोकी, बाथ, मधुमेह, ग्यष्टिक लगायतका रोगीहरु भेटिएको तथा रोग अनुसारको औषधी ज्येष्ठ नागरिलाई निःशुल्क वितरण गरिएको कोषका सदस्य सचिव जयप्रकाश केरुङ्गले जानकारी दिए ।
परीक्षण कार्यक्रममा समाजकल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्ट उक्त वडाका वडाध्यक्ष बिदुर सापकोटा, वडासचिव गायत्री देवकोटा, बालकुमारी मा.वि. ब्यवस्थापन समितिका अध्यक्ष रमेशमानसिङ कुँवर, ग्रीनसीटी अस्पताल प्रा.लि.का बजार ब्यवस्थापक श्रीकृष्ण बिडारी र सानुकाजी थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
