ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौं, १ साउन । ज्येष्ठ नागरिक कोषले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । कोषले तारकेश्वर नगरपालिका वडा नं. १ का स्थानीय २०० जना ज्येष्ठ नागरिकको आज स्वास्थ्य परीक्षण गराएको हो । स्वास्थ्य परीक्षणबाट दम, खोकी, बाथ, मधुमेह, ग्यष्टिक लगायतका रोगीहरु भेटिएको तथा रोग अनुसारको औषधी ज्येष्ठ नागरिलाई निःशुल्क वितरण गरिएको कोषका सदस्य सचिव जयप्रकाश केरुङ्गले जानकारी दिए ।
परीक्षण कार्यक्रममा समाजकल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्ट उक्त वडाका वडाध्यक्ष बिदुर सापकोटा, वडासचिव गायत्री देवकोटा, बालकुमारी मा.वि. ब्यवस्थापन समितिका अध्यक्ष रमेशमानसिङ कुँवर, ग्रीनसीटी अस्पताल प्रा.लि.का बजार ब्यवस्थापक श्रीकृष्ण बिडारी र सानुकाजी थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६