राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
काठमाडौं, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भेटवार्ता भएको हो । भेटवार्तामा राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ ।
शीतल निवास स्रोतका अनुसार मन्त्रीपरिषद् विस्तार ढिलाई र चुनावको बिषयमा छलफल भएको छ । त्यस्तै राष्ट्रपति कार्यालयले १६ करोडको गाडी खरिद गर्ने भन्ने विषयको पनि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको थियो । मिडिया र सामाजिक सञ्जालमा १६ करोडको गाडी खरिद गर्ने विषयमा चौतर्फि विरोध आएकोमा भण्डारी चिन्तित भएको स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए । उनीहरुबीच सामान्य मात्र छलफल भएको शर्माले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५