चीनको एक आवासीय भवनमा आगलागी हुँदा २२ को मृत्यु
एजेन्सी, १ साउन । चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आज बिहानै एक आवासीय भवनमा आगो लागेको छ । आगलागीमा परी कम्तीमा पनि २२ जनाको मृत्यु भएको समाचार छ । उक्त प्रान्तका स्थानीय अधिकारीहरुले आज बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको मृत्यु भएको बताएका छन् ।
आज बिहान सबेरै करिब साढे चार बजेतिर दुई तले एक आवासीय घरमा आगलागी सुरु भएको बताएको छ । यासुङ् बजारमा रहेको सो घरमा भएको आगलागीको उद्वारका लागि छोटै समयमा नै उद्वारकर्ताहरु पुगेपनि कतिपयको आगोमा निसास्सिएर मृत्यु भएको बताइएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीले आगलागीको कारण निकै रहस्यमय हुनसक्ने भन्दै अनुसन्धान थालेको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६