आजदेखि मतदाता नामावली संकलन शुरु

भक्तपुर न्यूज

१ साउन २०७४ ६:४७

आजदेखि मतदाता नामावली संकलन शुरु

भक्तपुर, १ साउन । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही श्रावण १ गते आइतबारदेखि सबै जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने गरेको छ ।

यस अघि २०७४ वैशाख ३ गते आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र लिई आ–आफ्नो स्थायी बसोवास भएको जिल्लाको निर्वाचन कार्यालयमा आफू स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन समेत सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको उनले बताए । मतदाता नामावली संकलन आइतबारदेखि सुरु भई साउन १५ गतेसम्म चल्नेछ ।

यद्यपी यस अघि नाम दर्ता गराई मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनु पर्दैन । नाम दर्ता भइसकेपछि २०७४ साल श्रावण १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने छ ।  आयोगको निर्णय अनुसार भक्तपुरमा पनि आज विहानैदेखि नामावली संकलनको काम अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *