बाढीले पुल र घर बगाउँदा लाखौंको क्षति

भक्तपुर न्यूज

१ साउन २०७४ २:१३

बाढीले पुल र घर बगाउँदा लाखौंको क्षति

काठमाडौं, १ साउन । रामेछापमा गएराति भीषण वर्षापछि आएको बाढीले सवारी तर्ने पुल र केही घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिकाको सीमानामा रहेको छत्याउने खोलाको बाढीले पुल र घर बगाएको हो ।

मध्यराति आएको बाढीले भर्खरै निर्माण गरिएको पक्की पुल र खोला किनाराका केही घर बगाएको जानकारी घटनास्थलमै रहेकी लिखु गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले दिएकी छन् । उनका अनुसार ६ जना स्थानीयलाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

बाढीले बगाएको क्षेत्रमा खाजा खाने होटललगायत घरहरु रहेकाले र केही बेपत्तासमेत भएकाले घटनामा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको खबर पाएलगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय खिम्तीको टोली पुगेको छ । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दूरीमा छ । बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *