डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर न्यूज

३१ असार २०७४ ५:०६

डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । धार्मिक तथा पर्यटकियस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भोलि श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला लाग्ने भएको छ । उक्त मेलाको लागि आबश्यक तयारी पुरा भैसकेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिए ।

३८ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए । उनका अनुसार यो बर्षको मेलामा २० लाखबढी भक्तजनहरुले मन्दिरमा पुजाआजा गर्नुका साथै दर्शन गर्ने छन् । गत बर्षपनि यतिकै हाराहारीमा भक्तजनहरु आएका थिए ।

उनले अहिलेको मेलामा २ करोड बराबरको रकम संकलन हुने र उक्त रकम मन्दिर निर्माण तथा व्यवस्थापनमै खर्च गरिने बताए । उनले भोलि श्रावण १ गते विहान ७ बजे चन्द्र्रविनायक मन्दिरदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी ३८ दिने मेलाको शुरुवात गरिने भएको बताए । उक्त मेलामा करिब २० लाख रुपैयाँ खर्च हुने बताईएको छ । कार्यक्रममा समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेत, बरिष्ठ उपाध्यक्ष किरण थापा, महासचिव मोहन गिरी, कोषाध्यक्ष विश्वराम थापालगायतले बोलेका थिए ।

गत बर्ष लगाईएको मेलाबाट संकलन भएको १ करोड रुपैयाँ अहिले डोलेश्वर परिसरमा रहेको मुख्य लगायतका सहायक मन्दिर र अन्य भवनहरु निर्माणको काम भैरहेको छ । यो मन्दिर उपत्यककै धार्मिक तथा ऐतिहासिक मन्दिरका रुपमा रहेको छ । यहाँ हरेक सोमबार बिशेष पुजा गरिदैं आईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *