भूकम्पपीडितसँगै कमिसन माग्छन् इन्जिनियर

भक्तपुर न्यूज

३१ असार २०७४ १:२०

भूकम्पपीडितसँगै कमिसन माग्छन् इन्जिनियर

काठमाडौं, ३१ असार । । धादिङ जिल्लामा पुननिर्माणका लागि खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन् । उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको फेला परेको हो ।

‘घर निर्माण गर्दा नक्सा बनाउनुपर्छ भन्दै प्राविधिकले पैसा माग्ने गरेका छन्, त्यो पैसा दिएपछि मात्रै घर बनाउन सुरु गर्नुपर्ने हो कि’, धुनिबेसी नगरपालिकामा केही समयअघि आयोजित एक छलफलमा स्थानीय बृन्दा कँडेल र ईश्वर केसीले गरेको प्रश्न हो यो । प्राविधिकले भने स्थानीयकै आग्रहमा मध्यस्तकर्ताको काम गरिएको बताएका छन् ।

सरकारले अनुदानमा घर बनाउनेका लागि १७ प्रकारका नक्सा सार्वजनिक गरेको छ । गाउँको जग्गाको बनोटअनुसार १७ प्रकारका नक्सामा घर नबन्ने अवस्था आएमा २५ प्रतिशतसम्म तोडमोड गरेर भए पनि भूकम्पपीडितलाई नक्सा निःशुल्क बनाइदिनु पर्ने प्रावधान छ । इन्जिनियरले भने १७ प्रकारका नक्सा डिजाइनमा नपर्ने भन्दै नयाँ नक्सा बनाउन भूकम्पपीडितलाई बाध्य पारिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *