कांग्रेस नेता एवं पूर्व मन्त्री जोशीको निधन

भक्तपुर न्यूज

३० असार २०७४ ५:२५

कांग्रेस नेता एवं पूर्व मन्त्री जोशीको निधन

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको हिजो बेलुका निधन भएको छ । दम र निमोनियाको उपचारमा रहेका नेता जोशीको बेलुका साढे ७ बजे ग्राण्डी अस्पतालमा निधन भएको उनका भतिजा विष्णु जोशीले जानकारी दिए ।
विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित थिए ।
नेता जोशीको आज बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । काँग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहेका उनी अविवाहित हुन् ।
आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा परेका उनी विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *