बढ्यो सुनको मूल्य, चाँदी स्थिर
काठमाडौं, २९ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । हिजो प्रतितोला ५३ हजार २ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढेर ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय १५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
