मुर्रे विम्बल्डन टेनिसको क्वार्टरफाइनवाटै बाहिरिए

भक्तपुर न्यूज

२९ असार २०७४ ११:३३

मुर्रे विम्बल्डन टेनिसको क्वार्टरफाइनवाटै बाहिरिए

एजेन्सी, २९ असार । विश्व नम्बर एक टेनिस खेलाडी एन्डी मुर्रे विम्बल्डन टेनिसको क्वार्टरफाइनवाटै बाहिरिएका छन् । साविक विजेता मुर्रे २४ औं वरियताका अमेरिकन खेलाडी साम क्वेरेसँग पराजित भएका हुन् ।
मुर्रे विरुद्धको खेल क्वेरेले ३–६, ६–४, ६–७, ६–१ र ६–१ को सोझो सेटमा जिते । यो खेल हारेसँगै ब्रिटिश खेलाडी मुर्रेले शीर्ष वरियता गुमाउने सम्भावना बढेको छ ।
विम्बल्डन टेनिसकै अर्को खेलमा क्यानाडाका मिलोस राओनिकलाई हराँउदै स्विट्जरल्याण्डका रोजर फेडेरर पनि सेमिफाइनलमा पुगेका छन् ।
राओनिक विरुद्धको खेल फेडेररले ६–४, ६–२ र ७–६ ले जितेका हुन् । यसैगरी लक्जेम्बर्गका जायल्स मुलरलाई हराँउदै क्रोएशियाका मारिन सिलिच र सर्वीयाका नोभाक जोकोभिचलाई हराँउदै चेक गणतन्त्रका टामस बर्डीच पनि सेमीफाईनलमा पुगेका छन् ।
बर्डीच विरुद्धको दोस्रो सेट चलिरहँदा चोटका कारण जोकोभिचले खेल छाडेपछि बर्डीच सेमिफाइनलमा पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *