अब सबैले घरबहाल तिर्नुपर्छ : बिजुक्छें

भक्तपुर न्यूज

२९ असार २०७४ १०:३८

अब सबैले घरबहाल तिर्नुपर्छ : बिजुक्छें

भक्तपुर, २९ असार । भक्तपुर नगरपालिकाको प्रथम नगरसभा आजबाट सुरु भएको छ । प्रथम नगरसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका हुन् ।

परिषद्को उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले  भक्तपुर नगर क्षेत्रमा बसोबास गर्ने स्थानीय घरजग्गा धनीले मात्रै नभई अब घर बहालमा बस्ने नागरिकले समेत कर तिर्नुपर्ने बताए ।  नगरपालिकाले यसरी कर संकलन गर्न सकेको अबस्थामा नगरपालिकाको मात्रै नभई राज्यकै आर्थिक समृद्धिमा सहयोग पुग्ने अध्यक्ष बिजुक्छेंले बताए । ।

सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको समयमा  नेपाल मजदुर किसान पाटीले गरेका  प्रतिबद्धता प्राथमिताका आधारमा पुरा गर्दै जाने बताए ।   उनले शिक्षा स्वास्थ्य, खानेपानी तथा भुकम्प पछिको पुननिर्माणलाई प्राथमिकतामा राखेको बताउँदै नगरलाई पर्यटकिय क्षेत्र बनाउन पुर्वाधारको विकासमा जोड दिईएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *