भानुको योगदान अतुलनीय : प्रधानमन्त्री
काठमाडौँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । आदिकवि भानुभक्त आचार्यको दुईसय चारौँ जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा भानुको योगदान अतुलनीय रहेको बताए ।
उनले मुलुकको समृद्धिका लागि भाषा साहित्यको उल्लेख्य भूमिका हुने पनि बताए । समारोहमा साहित्यिक प्रतिभा र विद्यार्थीका प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको थियो । प्रधानमन्त्री देउवाले भानुको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका छन् । कार्यक्रम शुरु हुनुअघि रानीपोखरीबाट भानुको सम्मानमा प्रभातफेरिको आयोजना गरिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५