राजेन्द्रकिशोर क्षेत्री मुख्य सचिवमा नियुक्त
काठमाडौं, २९ असार । सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । आफ्नो एकवर्षे पदावधि बाँकी छँदै हालका मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक एडिबीको वैकल्पिक कार्यकारी निर्देशक बनेपछि बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
यसअघि सरकारले नयाँ मुख्यसचिव नियुक्ति टुंगो लगाउन नसकेपछि मुख्यसचिव डा. सोमलाल सुवेदी प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिँदै बिदा भएका थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
